सहाराका बालकहरुलाई जर्सी सहयोग

पाेखरा | माघ २८, २०८१

सहाराका बालकहरुलाई जर्सी सहयोग

पोखरा:   गुरूङ चलचित्रकी नायिका माया गुरूङले सहारा फुटबल एकेडेमीका बालकहरुलाई जर्सी सेट सहयोग गरेकी छन् । 


पोखरा रंगशालामा २४ औं आहा ! रारा पोखरा गोल्डकप प्रतियोगिताको अवलोकनका लागि हङकङबाट आइपुगेकी उनले शनिबार सहारा एकेडेमीमा आश्रित बालकहरुलाई जर्सी सेट सहयोग गरेकी हुन् । 


उनले आफ्ना छोरा हिमालको जन्मोत्सव अवसर पारेर एकेडेमीमा आश्रित ३० जना बालकहरुलाई जर्सी सेट सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेकी हुन् । 


पूर्व फुटबल खेलाडीको समेत पहिचान बनाएकी उनी सहारा हङकङकी संस्थापक सदस्य एवं जिफान हङकङ अध्यक्ष हुन् ।

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्